तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आज पार्टीको सातै प्रदेश समितिका सभापतिहरूले आफ्ना धारणा राख्नुभएको छ । 

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रदेश सभापतिहरूले केन्द्रको हस्तक्षेप गरेको गुनासो गर्नुहुँदै प्रदेश समितिहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो । 

प्रवक्ता डा महतले बैठकपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा काँग्रेसले प्रदेश समितिमाथि कुनै हस्तक्षेप नगरेको र प्रदेश सरकार बनाउने क्रममा समेत सम्बन्धित प्रदेशको संसदीय दललाई नै निर्णय गर्ने अधिकार दिएको उल्लेख गर्नुहुँदै प्रदेश सभापतिहरूले प्रदेश संरचनालाई थप बलियो बनाउन सुझाव दिनुभएको बताउनुभयो । 

आजको बैठकमा प्रदेश समितिका सभापतिहरूले धारणा राख्ने क्रम सकिएपछि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सुरु भएको र निरन्तर छलफल गरी यही साउन २८ गतेसम्ममा बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले जानकारी दिनुभयो । 

हिजो देखी जारी केन्द्रीय कार्यसमितिको बैठकमा छलफलका लागि महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, पार्टीको सङ्गठन विस्तारका लागि एक सय दिने साङ्गठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायत विभिन्न ११ वटा विषयहरू पेश भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button