तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : बागलुङको बडिगाडमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. ९ र १० मा पहिरोले पुरिएर ७ जनाको मृत्यु भएको छ ।

वडा नं. ९ को नयाँ बस्तीमा पहिरोमा पुरिएर १४ वर्षीय विधान परियार, वडा नं. ९ कै खहरेमा खोलाले बगाएर वर्ष २६ का बसन्त बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं. १० को आरुपाटा, बाख्रेमा पहिरोले पुरिएका ५ जनाको शव निकालिएको छ भने अझै केही बेपत्ता रहेको वडा नं. १० का अध्यक्ष विरेन्द्र बुढाले जानकारी दिनुभयो । घटनास्थलमा रहनुभएका वडाध्यक्ष बुढाका अनुसार उद्धार गरिएका ५ जना घाइतेको अवस्था गम्भीर रहेको छ ।

सडक सञ्जाल सबै विच्छेद भएको र पैदल समेत हिँड्न सक्ने अवस्था नरहेकोले घाइतेहरूलाई हस्पिटल पठाउन नसकिएको बुढाले बताउनुभयो ।

घटनास्थल निकै विकट र पहिरोले सडक बगाएकोले उद्धार गर्न नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button