तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका वडा नं–६ स्थित नगरपालिका चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

खोलेसिमल बजारबाट क्लब चोकतर्फ जाँदै गरेको ना ६५ प ६९९नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पैदलयात्री ७० वर्षीय शिवनारायण श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो  ।

मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका वडा नं–७ बस्ने २३ वर्षीय विराज तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button