गोरखामा १ वर्षमा १३ हजारभन्दा बढीले लिए राहदानी
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानी वितरणबाट पाँच करोड सात लाख ५६ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
युवाहरू बिदेसिने क्रम बढेसँगै गोरखामा एकै वर्षमा १३ हजारभन्दा बढीले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा १३ हजार १५८ जनाले पासपोर्ट लिएका छन् ।
राहदानी लिनेहरू मध्ये जिल्लामा सबैभन्दा धेरै पुरुषहरू रहेको र कार्यालयले १२ हजार ८४२ ई–पासपोर्ट र ३१६ जनाले जारी भएको एमआरपी लिएको तथ्याङ्कमा उल्लेख गरेको छ । सोही अवधमा कार्यालयले १२ हजार ४२९ थान ई–पासपोर्टको फारम सङ्कलन गरेको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार पहिलो चौमासिकमा ३ हजार ६३४, दोस्रो चौमासिकमा २ हजार ९२०, तेस्रो चौमासिकमा ३ हजार २५८ र चौथो चौमासिकमा ३ हजार ३० थान पासपोर्ट जारी गरेको थियो । जसमा ८ हजार १९३ जना पुरुष र ४ हजार ६४९ जना महिला रहेका छन् ।
सोही अवधिमा कार्यालयले पहिलो चौमासिकमा ३ हजार ५१०, दोस्रो चौमासिकमा ३ हजार ११८, तेस्रो चौमासिकमा २ हजार ८३९ र चौथो चौमासिकमा २ हजार ९६२ थान ई–पासपोर्टको फारम सङ्कलन गरेको जनाएको छ । जसमा ७ हजार ४७९ जना पुरुष र ४ हजार ९५० जना महिला रहेका थिए ।
जारी एमआरपी मध्ये १३२ जना महिला र १८४ जना पुरुषको भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्