बिपी स्मृति दिवस : सिफलमा बृक्षरोपण, रक्तदान र दन्त शिविर

काठमाडौं । ४२ औं बिपी स्मृति दिवसका अवसरमा बीपी कोइराला स्मृति ट्रष्टले आज काठमाडौँको सिफलमा बृक्षरोपण , रक्तदान तथा बृहत् निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको छ ।
यस अवसरमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आँपको बिरुवा रोपी बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्नुभयो ।
कार्यक्रममा बीपी कोइराला स्मृति ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीले देखाउनुभएको बाटोमा अघि बढ्नसके मुलुकमा देखिएका समस्याका समाधान हुने बताउनुभयो । ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले बीपी कोइरालाको नीति र सिद्धान्तलाई नेपाली काँग्रेसले अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्