तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button