तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सांसद पशुपति शम्शेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले आइतबार देशका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षति भएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन आग्रह गर्नुभयो । 

सांसद माधवप्रसाद सापकोटाले आइतबार भएको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न ठाउँका पुलहरू बगाएको र जिल्लाका अधिकांश परिवार विस्थापित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका दर्जनाैँ परिवार विस्थापित भएका छन् । अहिले पनि वर्षा भइरहेकाले सम्भावित जोखिम र क्षतिका घटनाप्रति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अवरुद्ध भएका सडकमा तत्काल अस्थायी पुलको व्यवस्था गरी आवतजावत सहज बनाउन  र विस्थापित नागरिकको यथोचित बसोबासको व्यवस्थासहित क्षतिपूर्तिको जोडदार माग गर्दछु ।” 

सांसदहरूले सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सम्झौता पारदर्शी हुनुपर्ने र महिला, दलित, मधेशीलगायत सबैको सहभागितासहित सरकार समावेशी बन्नुपर्ने माग गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button