तपाईँ सुन्दै हुनुहुन्छः

साँफे–मार्तडी सडक पुनः अवरुद्ध 

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर-२ ताँप्री सेरा नजिकै गए राति सडकमाथिबाट पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। भने छोटो तथा लामो दूरीका सवारीसाधन बन्द भएका छन्। जिल्ला सदरमुकाम मार्तडी र उत्तर पूर्वी भेगमा रहेका चार स्थानीय तहसहित छिमेकी मुगु, हुम्ला ,जुम्ला लगायतका जिल्ला जाने यात्रुहरू समस्यामा परेका स्थानीय बुदे लुहारले बताउनु भयो।

पहिरो हटाएर सडक सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजन कार्यालय साँफेले जनाएको छ। कार्यालयका अनुसार आजै साँफेबाट पहिरो हटाउन डोजर ताप्री सेरा तर्फ गइसकेको छ।

यस अघि पनि लगातारको अविरल बर्षाले सडक अवरुद्ध हुनेगरेको  भएपनि तत्काल स्काभेटर लगाएर सुचारु हुँदै आएको थियो । बाटो खुलाउन पहिरो हटाउने काम अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button