तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशीमा बाढी, ७० घर डुबान

राजविराज ।अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।

सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो ।  उहाँले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताउनुभयो । 

त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परेको खबर पाए लगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले  जानकारी दिनुभयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button