तपाईँ सुन्दै हुनुहुन्छः

दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–७ गुण्डु तीनधारे स्थित सडकमा दुई स्कुटर एक आपसमा ठक्कर खाँदा एक स्कुटर  चालकको मृत्यु भएको छ ।

बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटर र बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आज बिहान दुर्घटना हुँदा बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटर चालक सुर्यबिनायक नगरपालिका–५ कटुन्जे बस्ने २२ वर्षीया राजाराम थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका राजारामको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएकी बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर चालक सुर्यबिनायक नगरपालिका  गुण्डु बस्ने वर्ष ४९की पार्वती नगरकोटी घाइते भई मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button