सूचना मागकर्तामाथि आक्रमण बढ्यो : प्रमुख आयुक्त गुरुङ
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना मागकर्तामाथि आक्रमण बढेको बताउनुभएको छ ।

असल शासन संरक्षण मञ्चले आज काठमाडौँमा आयोजना गरेको सूचनाको हक कार्यान्वयनमा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले सूचना मागकर्तालाई संरक्षण गर्ने कानून बनाउन आयोगले सरकारलाई सुझाव दिएको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोग स्थापना भएयता ९ हजार एक सय ७० सूचना मागका लागि पुनरावेदन गरेको जानकारी दिँदै प्रमुख आयुक्त गुरुङले ४३ जनालाई कारबाही गरेको जानकारी गराउनुभयो ।
अन्तरक्रियामा वरिष्ठ पत्रकार एवं राष्ट्रिय समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले पत्रकारहरूले नै सूचना बढी प्रयोग र वितरण गर्ने भएकाले सही सूचनाका लागि मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी असल शासन संरक्षण मञ्चका अध्यक्ष जयादुर्गा बुढाथोकीले सूचनाको हक कार्यान्वयनमा पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्