टेबलटेनिसमा बागमतीका जयस्नुलाई तीन स्वर्ण

पोखरा । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा ३ स्वर्ण पदक जित्न सफल हुनु भएको छ । उहाँले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जित्न सफल हुनु भएको हो ।
पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गर्नु भएको हो । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो हुनु भयो ।
गल्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बन्नु भयो । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा पराजित गर्नु भएको हो । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेस्रो हुनु भयो ।

टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो ।
विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले लगायतले पुरस्कृत वितरण गर्नु भएको हो । दुई दिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ ब्वाइज/गल्स गरी ५६ खेलाडी सहभागी हुनु भयो ।
प्रतिक्रिया राख्नुहोस्