दाउन्नेका ५ स्थानमा जनशक्ति सहित उपकरणहरू तयारी अवस्थामा रहने
सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने

नवलपरासी,पश्चिम् । नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसँगै पूर्व तयारी स्वरूप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिवेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने विषयमा विभिन्न छलफल भएको पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले बताउनु भयो ।
‘१० किलोमिटर क्षेत्रमा अलि समस्या हुन सक्छ,बर्सातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामीले ५ स्थानमा जनशक्ति सहित यान्त्रिक उपकरणको व्यवस्था मिलाएका छौ’ मिश्रले भन्नू भयो ।
आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०लाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनु पर्ने बैठकमा निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्