‘महिला स्वयंसेवक सहितको राष्ट्रिय सञ्जाल गठनको तयारी भइरहेको छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयंसेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेला: धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आज उहाँले महिला स्वयम्सेवक सहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समाजका हरेक क्षेत्रमा महिलाले खरो रूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उहाँको भनाइ थियो ।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिक रूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्