मधेश प्रदेश सरकारमा दुई मन्त्री थप
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद्मा दुई मन्त्री नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप हुनुभएका दुई त्रिभुवन साह वन तथा वातावरणमन्त्री र सकिल मिया विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।

नियुक्त हुनुभएका दुई मन्त्रीहरूलाई प्रदेश प्रमुख भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । थप दुई मन्त्रीसहित मधेस प्रदेश सरकारको मन्त्रीमण्डल १६ सदस्यीय पुगेको छ ।
थप भएका दुवै जना मन्त्री जनमत पार्टीका हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्