तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको जनकपुरधाममा हुने एकताको राष्ट्रिय महाधिवेशनको तयारी पुरा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाममा पर्सी जेठ २८ गतेदेखि शुरु हुने एकताको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

महाधिवेशनको विषयमा जानकारी दिन आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशका ७७ जिल्लाबाट १ हजार ३ सय प्रतिनिधि आउने जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द शत्रमा राजनीतिक वैचारिक दस्ताबेज, नीतिगत दस्ताबेज दस्ताबेज पेश गरेर त्यसमा व्यापक बहस तथा छलफल पछि महाधिवेशनबाट आवश्यक परिमार्जन सहित पारित गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया शुरु हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विदेश रहेको बेला षड्यन्त्र रुपमा पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू आफूहरूकै साथमा भएको दाबी गर्नुभयो ।

अध्यक्ष यादवले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने काम कूटनीतिक मर्यादा विपरीत भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button