अनाथालयका बालबालिका र कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिका र कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नियमित स्वास्थ्य जाँच अन्तर्गत महाकाली प्रादेशिक अस्पतालद्वारा शनिबार अनाथालयमा बसोबास गर्ने २१ जना बालबालिका र कर्मचारीहरूको स्वास्थ्य जाँच गरिएको हो ।

अनाथालयको अनुरोधमा महाकाली प्रादेशिक अस्पतालका मेसु डा. अर्जुन भट्ट नेतृत्वको चिकित्सक टोलीले बालबालिका र कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरेको महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समिति अध्यक्ष कृष्णानन्द भट्ट (किरण) ले जानकारी दिनुभयो ।

गर्मी याममा रोगको सङ्क्रमण जोखिम बढी हुने र अस्पतालमा पनि यो समयमा बढी भिडभाड हुने भएकोले विशेषज्ञ सहितको टोलीलाई अनाथालयमै बोलाई स्वास्थ्य परीक्षण गरिएको समाज कल्याण अञ्चल बाल अनाथालयका व्यवस्थापन समिति सदस्य भगवती थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्