पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
दाङ । दाङको लमही स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ
लमही नगरपालिका-६ कुलमोहर स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका-५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ बर्षिया छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुन खोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेको अवस्थामा फेला पारेका थिए








प्रतिक्रिया राख्नुहोस्