तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: नेपाल विश्वविद्यालय ऐनमाथि संशोधनकर्ताहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधि अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय ऐनमाथि संशोधनकर्ताहरूसँग छलफल गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु ठाकुर गैरे, तेजुलाल चौधरी, ऐनबहादुर शाहीलगायतले नेपाल विश्वविद्यालय सीपमूलक शिक्षा दिनसक्ने व्यवस्था विधेयकमा समावेश गर्न संशोधन प्रस्तुत गर्नुभयो । 

सांसदहरुले अहिलेसम्म कुन क्षेत्रमा कस्ता जनशक्ति कति मात्रामा चाहिन्छन् भनेर अध्ययन नभएका कारण बनेका नीति कार्यान्वयनमा समस्या देखिएको भन्दै नेपाल विश्वविद्यालयले  हालका विश्वविद्यालयले दिने शिक्षा भन्दा फरक हुनुपर्नेमा जोड दिनुभयो । 

वर्षेनी विदेश अध्ययन गर्न जानेहरू बढ्दै गइरहेको अवस्थामा नेपाल विश्वविद्यालय स्थापना भएपछि विदेशबाट समेत विद्यार्थीहरू नेपाल अध्ययन गर्न आउने गरी विधेयकमा व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो , 

प्रतिक्रिया राख्नुहोस्

Back to top button