नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।
लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सब स्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गर्नुभएको हो । राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले स्वागत गर्नुभयो ।

उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिति थियो । राजदूत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिनुभएको थियो ।
टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा। हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा राजदूत थम्पसनलाई जानकारी गराउनुभएको थियो । उक्त अवसरमा सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा। हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्