तपाईँ सुन्दै हुनुहुन्छः

जोगबनी नाका तीन दिन बन्द हुने

मोरङ । भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म बन्द हुने भएको हो ।

यसैगरी मोरङको सीमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button