कर्णाली नदीमा डुबेर एक जना बेपत्ता
कैलाली । कर्णाली नदीमा डुबेर कैलालीका एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
कर्णाली नदीमा नुहाउने क्रममा शाही डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । आज दिउँसो पौने १ बजेतिर शाही चिसापानी पुलदेखि ७ किलोमिटर उत्तरतिर कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले घटना स्थलतर्फ गएर उनको खोजीकार्य सुरु गरेको प्रहरीले बताएको छ । यस अघि गएको सोमबार पनि मोहन्याल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय दिलबहादुर तंलानी कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्