तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ विजयी

सल्यान । सल्यान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विरेन्द्र कुमार श्रेष्ठ विजयी हुनु भएको छ । अध्यक्षका प्रत्याशी भरत कुमार बस्नेतलाई १३५ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित हुनु भएको हो । बस्नेतले ६३५ मत ल्याउँदा श्रेष्ठले ७७० मत ल्याएर विजयी बन्नु भएको हो ।

अध्यक्षसहित पदाधिकारी र सदस्यमा सबैमा श्रेष्ठकै प्यानलले जित निकालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यावसायिक प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलबाट बस्नेत नेतृत्वका उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए ।

संयुक्त व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापाले ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारीले ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपालीले ७३६, महासचिवमा मोहन सारुले ८६०, सचिवमा रन बहादुर खडकाले ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जानकारी दिनु भयो ।

निकटतम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसीले ५१०, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढाले ४१३, उद्योग उपाध्यक्षमा हपिस भण्डारीले ६२७, महासचिवमा मान बहादुर वलीले ५०१, सचिवमा ईन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तीमगरले ४६५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सदस्यहरूमा संयुक्त व्यावसायिक प्यानलका सबै उम्मेदवारहरू निर्वाचित भएका छन् महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गीता घर्ती, दलित सदस्यमा प्रकाश परियार, जनजाति सदस्यमा हरि बहादुर गुरुङ, अल्पसङ्ख्यकमा मुस्तपा मियाँ र खुला सदस्यहरूमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छविलाल बिसी, वीर बहादुर डाँगी, लिलाधर शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि १९२६ मतदाता रहेको सल्यान उद्योग वाणिज्य सङ्घमा १४९५मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button