तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको पाङ गाउँमा भीषण आगलागी,१३ घर गोठ जलेर नष्ट 

रोल्पा। रोल्पाको पाङ गाउँमा आगलागीबाट  १३ वटा घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक जना घाइते भएका छन् ।

लुङ्गरी गाउँपालिका वडा नम्बर १ मा पर्ने पाङ गाउँको मनिकोट रिड भन्ज्याङ जङ्गलमा लागेको आगलागीमा परी स्थानीय सन्तु घर्ती घाइते भएका हुन् । आगलागीबाट घर गोठमा भएको खाद्यान्न ,लत्ताकपडा ,भाडाकुडा ,पैसा लगायत पशु चौपाया समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनु भयो ।

घटनास्थलमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन गरिएको र आगो सुनछहरी गाउँपालिका वडा नंम्वर ३ गामको जङ्गल तर्फ बढिरहेको नायव उपरीक्षक लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button