सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका दीर्घ बहादुर साेडारीले दाबी पेस गर्नुभएको छ ।
प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेता साेडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थन रहेको छ ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख ६ गते बेलुकी ५:०० बजे भित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्