तपाईँ सुन्दै हुनुहुन्छः

सदन अवरोध खुलाउने विषयमा  बालुवाटारमा शीर्ष नेताहरूको बैठक जारी 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार विभिन्न दलका शीर्ष नेतृत्वहरू छलफल गर्दै । तस्बिरः प्रदिपराज वन्त-रासस

काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । 

बैठकमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल कांग्रेसका  नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहभागी हुनुहुन्छ ।

सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button