हात्तीको आक्रमणबाट झापाको शिवसताक्षीमा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ।हात्तीले कुल्चिएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दूधेबाट उत्तर रतुवा माई वृक्षारोपण आयोजनाको बनमा श्रीमानसँग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट उनका श्रीमान् ६२ बर्षीय दिलीप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र शरीरको विभिन्न भागमा चोट लागेको बताइएको छ ।गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोडको बिर्तासिटि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्