शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव

कञ्चनपुर । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु भएको छ ।
भीमदत्त नगरपालिकाको नगर पर्यटन विकास समितिको आयोजनामा मङ्गलवारदेखि सातौँ संस्करणको शुक्लाफाँटा पर्यटन महोत्सव सञ्चालन गरिएको हो । आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनु भयो ।
मङ्गलवार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको रानी ताल सरसफाइ गरेर पर्यटन महोत्सव सुरुवात गरिएको छ । दोस्रो दिन बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटकहरूको स्वागत, चरा अवलोकन, जङ्गलमा पैदल यात्रा लगायतका कार्यालय गरिने छन् भने तेस्रो दिन बिहीबार मैत्रीपूर्ण फुटबल सञ्चालन गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्