तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले पदभार ग्रहण गर्नुभएको छ । 

उहाँले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन ३० गते उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । सरकारले तत्कालीन प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरी उहाँ (मियाँ)लाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्न फागुन २८ गते सिफारिस गरेको थियो । 

नवनियुक्त प्रदेश प्रमुख मियाँलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्वागत गर्नुभएको छ । 

मुख्यमन्त्री शाहले आज प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त प्रदेश प्रमुख मियाँसँग भेटघाट गर्नुभएको  मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button