तपाईँ सुन्दै हुनुहुन्छः

आठ लाख भन्दा बढीको कपडा बरामद

वीरगंज । पर्सा प्रहरीले ८ लाख ३९ हजार मूल्य भन्दा बढीको भन्सार छली चोरी पैठारी गरी भारतबाट ल्याइएको कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७ स्थित सडकखण्डबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडाहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । 

तस्करहरूले गस्ती प्रहरी टोलीलाई देख्नासाथ कपडा छाडेर भागेको र घटना स्थलबाट प्रहरीले २ हजार ३० पिस होली टप्स, २ सय ६४ पिस टप्स, २ सय ३० पिस कुर्ता सुरवाल गरी  ८ लाख ३९ हजार ४ सय मूल्य बराबरको कपडा बरामद गरेको र बरामद कपडा आवश्यक कारबाहीका लागि  वीरगंज भन्सार कार्यालयमा पठाइएको थापाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button