तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मत माग्ने प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसदमा जनताका दैनिक सवालका विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा काँग्रेसका महामन्त्री शर्माले संसदमा आर्थिक अवस्था, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषय, सङ्घीयता बलियो बनाउने, शिक्षा स्वास्थ्य सुधार, इजरायलमा हमासको आक्रमणमा मरिरहेका नेपाली नागरिकका विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले अघिल्लो पटक काँग्रेसले माओवादीलाई मत दिएको कुरा पनि प्रधानमन्त्री प्रचण्डले बिर्सन नमिल्ने बताउनु भयो ।

महामन्त्री शर्माले नेपाली कांग्रेस संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयलाई केन्द्रमा राखेर अगाडी बढ्ने बताउनुभयो ।  

मुलुकको अर्थतन्त्रलाई सही ढंगले अगाडी लैजाने विषयमा गम्भीर बनेर अगाडी बढ्ने तथा नागरिकको मनोबल बढाएर अगाडी बढ्नु पर्छ भन्ने कुरामा सिङ्गो संसद् अगाडी बढ्नु पर्छ भन्ने पक्षमा नेपाली कांग्रेस रहेको समेत महामन्त्री शर्माले स्पष्ट पार्नुभयो । 

महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विषयमा सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै विश्वासको मत दिन नसकिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button