संसदमा महिला सांसदले उठाएका विषयले स्थान नपाएको गुनासो
काठमाडौँ । प्रतिनिधि सभाका महिला सांसदहरुले आफूहरूले उठाएका विषयलाई मिडियाले कम प्राथमिकता दिएको बताउनुभएको छ ।
संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको मिडियामा महिला सांसदको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा महिला सांसदहरूले मिडियाले महिला सांसदहरूले उठाएका विषयलाई कम प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले संसदमा सबै सांसदहरुले उठाएका विषयलाई सञ्चार माध्यमले उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो ।
उपसभामुख रानाले संसदमा महिला सांसदहरूले उठाएका विषयलाई पनि मिडियाले स्थान दिनुपर्ने, महिलाका मुद्दा उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा पत्रकारहरूले सांसदहरूले उठाएका विषय मिडिया विषयको गम्भीरता हेरेर स्थान दिने गरेको, महिला सांसदहरुले पनि संसदमा विषय उठाउँदा समसामयिक विषयमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्