‘संविधानको कार्यान्वयन, राष्ट्रिय हित र आर्थिक समृद्धि प्रमुख कार्यभार’
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संविधानको कार्यान्वयन, राष्ट्रिय हित र आर्थिक समृद्धि अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिनु भएपछि जनताको अपेक्षा सम्बोधन हुने गरि साझा कार्यसूची बनाएर सरकार अघि बढ्ने तयारीमा रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपालद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले अहिलेको सत्ता गठबन्धन अग्रगमनकारी, परिवर्तनकारी शक्तिको गठबन्धन भएको बताउनुभयो ।
मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माण, औद्योगिक क्षेत्र स्थापना, विभिन्न खानीको अध्ययन कार्यलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । लगानी सम्मेलनका लागि नीतिगत तथा कानुनी संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई अनुभूति हुने गरि उद्योगमैत्री वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा मन्त्री भण्डारीले नागरिक उन्मुक्ति पार्टी लगायत राजनीतिक दललाई सत्ता गठबन्धनमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्