तपाईँ सुन्दै हुनुहुन्छः

रारामा पहिलो चोटि कर्णाली प्रदेश स्तरीय कपर्दी प्रतियोगिता हुने

मुगु । मुगुको रारा तालमा कर्णाली प्रदेश स्तरीय कपर्दी प्रतियोगिताको आयोजना गरिने भएको छ।

खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलो पटक पर्यटकीय स्थल रारामा कपर्दी प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताउनुभयो । आगामी वैशाख महिनाको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कपर्दी खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने बताइएको छ ।

राराको तल्लो मिलीमा आगामी वैशाख ११ गतेदेखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कपर्दी अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button