तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेना दिवस मनाइयो

काठमाण्डौ । नेपाली सेनाले आफ्नो स्थापनाको २ सय ६१ औं वार्षिकोत्सवको अवसरमा आज मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम गरी मनाएको छ ।

सेना दिवसका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहमा मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने सांस्कृतिक नृत्य, परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमको प्रदर्शनी गरियो । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उप राष्ट्रपति रामसहाय प्रसाद यादब, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानान्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, उप प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कुटनीतिक नियोगका अधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
वर्तमान सेनाको साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरुआत भएको हो । नेपाली सेनाले मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button