तपाईँ सुन्दै हुनुहुन्छः

‘नेतृत्व तहमा पुगेपछि महिलाहरूले महिला हकहितका लागि काम गर्नुपर्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलाहरू नेतृत्व तहमा पुगेपछि महिला हकहितका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

कान्तिपुर पब्लिकेशनद्धारा विराटनगरमा आज आयोजित निर्भिक नारी कोशी प्रदेश विशेष कार्यक्रममा उहाँले महिलाहरूले संसद् र सरकारमा पुगेपछि महिला हकहितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा थापामगरले मुलुक हाँक्ने क्षमता महिलामा रहेको भन्नुहुँदै त्यसका लागि नारीहरू निर्भिक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

राजनीतिमा महिलाको सम्मानजनक उपस्थितिका लागि प्रतिनिधिसभामा ३३ प्रतिशत महिलालाई प्रत्यक्ष निर्वाचनमा सहभागी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कान्तिपुर पब्लिकेशनका सिइओ महेश स्वाँरले महिलाहरूको हक अधिकार र स्वरोजगारका विषयमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button