नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।
पाटी केन्द्रिय कार्यालय काठमाडौँमा सुरु भएको बैठकमा सत्ता गठबन्धन परिवर्तन भएपछिको राजनीतिक अवस्था, सत्तापक्षमा जाने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा नेताहरुबीच छलफल हुनेछ ।
यसअघि, आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी अध्यक्ष माधव नेपाललाई भेट्नुभएको थियो ।
त्यसअघि हिजो मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरूले अध्यक्ष नेपाललाई भेटी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्