तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम लालबन्दी महोत्सव सुरु

सर्लाही । प्रथम लालबन्दी महोत्सवको बिहीबार मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री  सुनिता यादवले उद्घाटन गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा महोत्सव सुरु भएको छ। कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारा सहित लालबन्दीमा जारी महोत्सव १९ फागुनसम्म सञ्चालन हुने छ।

विभिन्न झाँक्री सहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको र्‍याली लालबन्दी  वडा नं. ६ मा रहेको खेलमैदान प्रवेश गरेको थियो । नेपाल दलित पञ्चे बाजा समूह, सर्लाही जिल्ला फुटबल संघ र  क्युसिन कराते लगायत  विभिन्न समूहले आ–आफ्नै प्रस्तुती देखाएका थिए।

उद्घाटन समारोहमा प्रदेश संसद् बेची लुङगेली,लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी ,प्रमुख जिल्ला अधिकारी मोमल प्रसाद धमला, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली लगायतको उपस्थित रहेको थियो ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजक लालबन्दी उद्योग वाणिज्य संघ लालबन्दीले जानकारी दिएको छ। महोत्सव आकर्षकको रुपमा विभिन्न खेल तमासा देखाइने छ। ५० हजार  भन्दा बढीले महोत्सव  अवलोकन गर्ने अपेक्षा गरिएको छ।  महोत्सवमा विभिन्न खालका  स्टलहरू समावेश गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button