तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महासमिति बैठक : शीर्ष नेताहरू बसेर प्रतिवेदनलाई अन्तिमरुप दिइँदै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समापन समारोहमा पेस गर्ने प्रतिवेदनबारे छलफल भएको छ ।

ललितपुरको गोदावरीमा बसेको बैठक पछि महामन्त्री गगनकुमार थापासहित शीर्ष नेताहरू बसेर प्रतिवेदनलाई अन्तिमरुप दिने काम भइरहेको छ ।

बैठकमा आएका सुझावसहितको प्रतिवेदन समापन समारोहमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

७ गते देखि जारी महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस भएका थिए ।

महासमिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुको साथै आगामी चुनावी गठबन्धनबारे पनि निर्णय लिने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button