काँग्रेस महासमिति बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि ललितपुरको गोदावरीमा जारी छ ।
महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा बैठकमा प्रस्तुत गर्नुभएको छ ।
आजै प्रदेशका सभापतिहरूको प्रतिवेदनसहित प्रस्तुत प्रस्ताव पारित गर्न निर्णयार्थ पेश गरिने काँग्रेसले जनाएको छ ।
फागुन ७ गते सोमबारबाट सुरु भएको काँग्रेस महासमिति बैठक आजै सक्ने तयारी रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विश्वकर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्