तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धनका लागि “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन

जनकपुरधाम । जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान चलाइएको कार्यक्रमका संयोजक अम्बुप्रसाद साहले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत विभिन्न प्रकारका विचार गोष्ठी, विभिन्न ठाउँको भ्रमण, बाहिरबाट आएका पर्यटकहरूलाई जनकपुरधाममा स्वागत गर्ने, पर्यटकहरूसँग सुमधुर व्यवहार गर्ने, नयाँ नयाँ ठाउँको विकास तथा सौन्दर्यीकरण गर्ने लगायतका कार्यक्रम रहेको साहले जानकारी दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधामको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button