गोकर्णेश्वर नगरपालिकामा एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित “गोकर्णेश्वर हेल्थ कार्ड“ शुरु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टम सहित गोकर्णेश्वर हेल्थ कार्ड शुरु गरेको छ ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख दीपक रिसालले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमको नयाँ अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुने बताउनुभयो ।
नगरपालिकाले तोकेका स्वास्थ्य संस्था र सरोकारवालालाई एकीकृत प्रकृतिले जोडेर सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टकृत युनिक हेल्थ आइडीको सहयोगबाट सुरक्षित राख्दै जाने नगरप्रमुख रिसालले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा चिकित्सक डाक्टर सुवास प्याकुरेलले हेल्थ कार्डका विशेषता बारे प्रष्ट पार्नु भएको थियो ।
नगरपालिकाका अनुसार अत्यावश्यक निश्चित हेल्थ रेकर्ड “क्यु आर कोड“ मार्फत बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका हेल्थ कार्ड सेवा शुरु गर्ने मुलुककै पहिलो स्थानीय निकाय भएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्