तपाईँ सुन्दै हुनुहुन्छः

सरोकार समिति बैठक : वित्तीय सङ्घीयता कार्यान्वयन सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा वित्तीय सङ्घीयता कार्यान्वयन सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले संघीय शासन व्यवस्थामा तीन तहको सरकारबीच वित्तीय कारोबारमा समन्वय नभएको बताउनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह वित्तीय व्यवस्था र पद्धतिबारे  स्पष्ट हुन नसक्दा समस्या आएको भन्दै सांसदहरुले वित्तीय साक्षरता आवश्यक भएको विचार व्यक्त गर्नुभयो । 

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतले  वित्तीय सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button