तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री बस्नेतको प्रतिबद्धता

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ ।

आज झापाको बिर्तामोड–३ स्थित मेची आँखा अस्पतालको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मापदण्ड पुगेका अस्पतालहरूलाई सम्बन्धन दिएर चिकित्सा शिक्षालाई अघि बढाइने बताउनुभयो ।

समारोहका प्रमुख अतिथि मन्त्री बस्नेतले चिकित्सा शिक्षामा अवरोध आउँदा वर्षेनि हजारौँ विद्यार्थी पढाइका लागि विदेश पलायन भइरहेको र ठूलो धनराशि पनि बाहिरिएको उल्लेख गर्दै देशमै चिकित्सा शिक्षाको अध्ययन–अध्यापनलाई तत्काल व्यवस्थित गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सरकारी स्तरको साबिकका अञ्चल अस्पतालहरूमा पूर्वाधार विकास गरी नर्सिङ तथा मेडिकल विषयको शिक्षाको व्यवस्थाका साथै सम्पूर्ण मापदण्ड पुगेका निजी स्तरका अस्पतालहरूलाई पनि चिकित्सा शिक्षाका लागि सम्बन्धन दिन सकिने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले मेची आँखा अस्पतालले सुरु गरेको पेडियाक्ट्रिक्ट, अर्थोपेटिक्स कर्निया एण्ड रिफ्रेक्टिभ आई सर्जरी सेवाको पनि उद्घाटन गर्नुभएको थियो ।

मन्त्री बस्नेतले आजै साँझ प्रादेशिक अस्पताल भद्रपुरको अवलोकन गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button