सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी छ ।
समितिको आज बसेको बैठकमा सुरक्षण मुद्रणमा नियुक्त हुने कार्यकारी निर्देशकको योग्यता र कर्मचारी नियुक्तिलगायतका दफामा छलफल भएको छ ।

बैठकमा सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, विद्या भट्टराई, सुमना श्रेष्ठ, डाक्टर तोषिमा कार्कीलगायतले सुरक्षण मुद्रण सेवामा कार्यरत पदाधिकारी तथा कर्मचारीले गोपनीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्