आजबाट भेरी अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बाँके । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार नेपालगन्जको भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ ।
बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमकाबीच उक्त मेसिन सञ्चालन सेवाको उद्घाटन गर्नुभएको छ ।
मेसिन सञ्चालनमा आएसँगै नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम बर्माले पहिलो सेवा लिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज सीता गुरुङले जानकारी दिनुभयो। उहाँको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा प्रदान गरेको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्