विदेश पढ्न जाने विद्यार्थी र पुँजीलाई रोक्न १६औँ पञ्चवर्षीय योजनाले समेट्नुपर्नेमा जोड
काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले विदेश पढ्न जाने विद्यार्थी र पुँजी दुवैलाई रोक्न १६औँ योजनाले समेट्नुपर्ने, किसानले उत्पादन गरेका कृषि सामग्रीलाई सरकारले खरिद गरि बजारीकरण गर्नुपर्ने, पूर्वाधार निर्माणमा भएको झण्झटिलो प्रक्रिया हटाउनुपर्ने सुझाव दिनुभयो ।
सांसदहरुले कृषि उत्पादन र उद्योगमा ध्यान दिनुपर्ने, महिला उद्यमशीलतालाई बढाउन सहुलियतपूर्ण कर्जा र कर छुटको व्यवस्था गर्नुपर्ने, औषधि उपचार गर्दा अनिवार्य बिमा प्रणाली लागू गर्नुपर्ने, वनपैदावर उद्यमलाई प्रोत्साहन गरी आयात रोक्नुपर्ने लगायतका विषयमा योजना आयोगलाई सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्