तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै 

file photo

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ भने राष्ट्रिय सभाको बैठक ११ः०१ बजे बस्ने छ । 

प्रतिनिधिसभाको  आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

साथै आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको छ। 

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० अध्यादेश स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धी प्रतिवेदन पेस हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button