लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरूलाई उपचार गर्दै

दाङ । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ ।
सशस्त्र द्वन्दका क्रममा घाइते तथा अपाङ्ग भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाइएको उहाँको भनाई छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाईने उहाँले जानकारी दिनुभयो ।
घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो । परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरू आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्यनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्