असहाय परिवारको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर– १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा श्रमदान गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले दरैयाको सुकुम्वासी बस्तीमा पुगेर जस्ताको छानासहितको घर निर्माणका लागि आज श्रमदान गर्नुभएको हो ।
घर निर्माणबाट विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र आफु र श्रीमती गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गर्नुभएको थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्